बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मजदुरका समस्या संकलन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

बुधबार, ०३ माघ २०८०, १६ : ४१
बुधबार, ०३ माघ २०८०

धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरुको समस्या पहिचान र समाधानका लागि बसपार्क आधारित शिविर सञ्चालन गरेको छ ।

बुधबार धरानको भानुचोस्थित बसपार्कमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले शिविर सञ्चालन गरेको अभियानमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई आफै बसपार्क मजदुरहरुसँग भेटघाट, छलफल तथा समस्या सूचीकरणमा सहभागी बने ।

शिविरमा सडकका समस्या पहिचान गर्ने, समस्याहरुलाई सूत्रबद्ध गर्ने, सम्भव भएसम्म तत्काल समाधान गर्ने र तत्काल समाधान गर्न नसकिने समस्या सूत्रबद्ध गरेर समाधानको उपायको खोजीको प्रयास भएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने अभियानमा समस्याहरुको संकलनका साथसाथै मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सदस्यता कार्यथालोमै हस्तान्तरण गर्ने उद्देश्य रहेको संगठन धरानका अध्यक्ष कमल भट्टराईले बताए ।

शिविरमा बुधबार मात्रै ८३ जना श्रमिकहरूसँग कुराकानी गरिएको र २४ जनालाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र जिफन्टको सदस्यता वितरण गरिएको छ । जसमध्ये १४ जना यातायात मजदुरहरुले नयाँ सदस्यता लिएका छन् भने १० जना मजदुरहरुले आफ्नो सदस्यता नवीकरण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप