१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
आज २०८३ असार १७ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रतिस्पर्धा भएको छ । महाधिवेशनमा केन्द्रीय समिति सदस्य निर्वाचनमा समायोजन प्रक्रियाबाट आएका उम्मेदवारहरूले अत्यधिक मत प्राप्त गरेपछि पदाधिकारीमा आकाङ्क्षी बढेका छन् ।
२. एमाले पुनर्गठनबारे ४ थरी मत
एमालेभित्रको असन्तुष्टि व्यवस्थापनका लागि गठित कार्यदलले प्रदेशस्तरीय सुझाव सङ्कलन अन्तिम चरणमा पुर्याएको छ ।
३. प्रचण्डले गरे आत्मालोचना
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टी क्रान्तिकारी आदर्श छाडेर व्यक्तिगत पद, प्रतिष्ठा र पैसाको पछि लागेको स्वीकार गरेका छन्।
४. त्रिवि सेवा आयोगको अध्यक्षमा थापा नियुक्त
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्।
५. अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
बाहिर समाजसेवाको आवरणमा ‘गिरी फाउन्डेसन’ चलाएर राजनीतिको छहारीमा ओत लाग्ने, तर पर्दा पछाडि अपहरण, फिरौती, हत्या र असुलीको समानान्तर साम्राज्य खडा गर्ने एक खतरनाक पात्र फेरि एकपटक कानुनको कठघरामा आइपुगेको छ ।
६. पौडेलको रिटमा सर्वोच्चले किन मगायो अर्बौं घोटालाका फाइल ?
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले व्यवसायी दीपक भट्ट र शंकर ग्रुपसँग जोडिएका अर्बौंका घोटालाका फाइल झिकाउन दिएको आदेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
७. जेनजीलाई बिर्सेको बालेन सरकार
जेनजी आन्दोलनको बलमा सत्तामा पुगेको बालेन नेतृत्वको सरकारले आन्दोलनका वास्तविक सारथिहरूलाई बिर्सिएको आरोप लागेको छ ।
८. रातोपाटी स्पेसल
९. कालो सिसावाला गाडीमा रास्वपाका नेता सयर
सत्तारुढ दल रास्वपाकै धेरै नेताहरूले कालो सिसासहितको गाडी प्रयोग गरिरहेको पाइएको छ ।
बुधबार रास्वपा केन्द्रीय कार्यालय चःमतिमा पदाधिकारी, केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा सहभागी हुन पुगेका नेताहरुका धेरै गाडीमा कालो सिसा कायम रहेको देखियो ।
१०.विश्वकप विशेष
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण