पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
सारांश
- पेट्रोलियम पदार्थको मूल्य घटेपछि देखिएको आपूर्ति समस्या समाधान भएसँगै काठमाडौँका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खोलिएको छ।
- मूल्य घटेलगत्तै केही पेट्रोल पम्पले उपभोक्तालाई इन्धन वितरण नगरेको गुनासो आएपछि मन्त्री गौरीकुमारी यादवले बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन्।
- निगमका अनुसार अहिले बजारमा इन्धनको कुनै अभाव छैन र सबै पेट्रोल पम्पबाट पहिलेकै अवस्थामा सहज रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण भइरहेको छ।
काठमाडौँ । काठमाडौँका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खोलिएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि देखिएको आपूर्ति समस्या समाधान भएसँगै ती पम्प पुनः सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ ।
मूल्य घटेलगत्तै देशभरका केही पेट्रोल पम्पले उपभोक्तालाई इन्धन वितरण नगरेको गुनासो आएपछि मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन् ।
त्यसपछि निगमको टोलीले काठमाडौँ र पोखराका विभिन्न पेट्रोल पम्पमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा ती पम्पहरूले इन्धन नभएको भन्दै बिक्री–वितरण नै बन्द गरेका थिए। त्यसपछि निगमले काठमाडौँका ८ र पोखराका ६ गरी १४ वटा पेट्रोल पम्पमा तत्काल ताला लगाएको थियो।
पम्प सञ्चालकहरूले आफ्नो डिपोमा इन्धन सकिएको जानकारी दिएपछि निगमले पनि जाँच गरेको थियो। जाँचका क्रममा इन्धन मौज्दात नरहेको पुष्टि भएपछि पुनः इन्धन आपूर्ति गरियो र बन्द गरिएका सबै पम्पको ताला खोलिएको हो।
नेपाल आयल निगमका अनुसार अहिले बजारमा इन्धनको कुनै अभाव छैन। सबै पेट्रोल पम्पबाट पहिलेकै अवस्थामा सहज रूपमा पेट्रोलियम पदार्थको बिक्री–वितरण भइरहेको छ।
निगमका अधिकारीहरूबाट मूल्यमा ठुलो कटौती हुने सूचना चुहिएका कारण कतिपय व्यवसायीले इन्धन नउठाएर यस्तो अवस्था निम्तिएको बताइएको छ।
निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण