पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
सारांश
- पूर्व गोर्खा मेजर चक्रबहादुर खत्रीलाई बेलायतका राजा चार्ल्स तृतीयले 'मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (एमबीई)' पदकबाट सम्मानित गरेका छन्।
- यो सम्मान २३ जुन २०२६ मा विन्जर क्यासलमा आयोजित समारोहमा प्रदान गरिएको थियो।
- मेजर खत्रीले सैन्य उपकरण तथा सामग्री व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
लन्डन । बेलायतको प्रतिष्ठित राज्य सम्मान ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (एमबीई)’ बाट पूर्व गोर्खा मेजर चक्रबहादुर खत्री सम्मानित भएका छन्। २३ जुन २०२६ मा विन्जर क्यासलमा आयोजित विशेष इन्भेस्टिचर समारोहमा बेलायतका राजा चार्ल्स तृतीयले उनलाई उक्त पदक प्रदान गरेका हुन्।
मेजर खत्रीको नाम यसअघि सन् २०२६ को नयाँ वर्ष सम्मान सूची अन्तर्गत ३१ डिसेम्बर २०२५ मा सार्वजनिक गरिएको थियो। त्यसअनुसार उनी औपचारिक समारोहमा उपस्थित भई राजा चार्ल्सबाट प्रतिष्ठित एमबीई पदक ग्रहण गरेका हुन्।
एमबीई बेलायत सरकारले राष्ट्र, समाज, सैन्य सेवा, सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्य, कला, विज्ञान तथा सामुदायिक क्षेत्रमा असाधारण योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गर्ने प्रतिष्ठित राज्य सम्मान हो।
यो सम्मान नयाँ वर्षको सम्मान सूची वा राजाको जन्मदिनको सम्मान सूचीमार्फत घोषणा गरिन्छ भने त्यसपछि विन्जर क्यासल, बकिङ्घम प्यालेस वा अन्य राजकीय भवनमा आयोजित विशेष समारोहमा राजा वा राजपरिवारका वरिष्ठ सदस्यबाट औपचारिक रूपमा पदक प्रदान गरिन्छ।
द क्विन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्टमा आबद्ध मेजर खत्री १३ नोभेम्बर १९९० मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका थिए। हाल उनी ब्रिटिश सेना मुख्यालय, एन्डोभरमा स्टाफ अफिसर ग्रेड–२ का रूपमा कार्यरत छन्, जहाँ उनले सैन्य उपकरण तथा सामग्री व्यवस्थापनसम्बन्धी योजना, समन्वय र सञ्चालनको नेतृत्व गरिरहेका छन्।
उनको कुशल नेतृत्वमा सञ्चालन भएको ‘एक्सरसाइज स्टेडफास्ट डिफेन्डर २४’ दोस्रो विश्वयुद्धपछिको युरोपमा बेलायती स्थल सेनाको चार दशकयताकै सबैभन्दा ठूलो तैनाथी तथा व्यवस्थापन अभियानमध्ये एक मानिन्छ।
उक्त अभ्यासअन्तर्गत छ वटा ब्रिगेडका लागि सात हजारभन्दा बढी सैन्य सामग्री, व्यक्तिगत हतियारदेखि मुख्य युद्धक ट्याङ्क र हवाई उपकरणसम्मको तयारी, तैनाथी, आपूर्ति तथा पुनःफिर्ता व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरिएको थियो। यही उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै आफूलाई एमबीई सम्मान प्रदान गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण