विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
काठमाडौँ । फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत अन्तिम ३२ को खेलमा इंग्ल्याण्ड र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबिच प्रतिस्पर्धा सुरु भएको छ । अमेरिकाको एटलान्टा स्टेडियममा नेपाली समय अनुसार राति पौने १० देखि खेल सुरु भएको हो ।
यस खेलले दुवै टोलीका लागि विश्वकपको यात्रा अगाडि बढाउने वा घर फर्किने निर्णय गर्नेछ । यस खेलको विजेताले आगामी जुलाई ६ मा प्रसिद्ध एज्टेका स्टेडियममा आयोजक मेक्सिकोसँग अन्तिम १६ को भिडन्त पक्का गर्नेछ ।
इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले आजको खेलका लागि टोलीमा केही रणनीतिक परिवर्तन गरेका छन् । टोलीका मुख्य खेलाडी बुकायो साकालाई बेन्चमा राख्दै उनको स्थानमा नोनी माडुएकेलाई सुरुवाती ११ मा स्थान दिइएको छ ।
प्रशिक्षक टुचेलले साकाको फिटनेस र चोटलाई मध्यनजर गर्दै यो निर्णय लिएको बताइएको छ । त्यस्तै, रक्षापङ्क्तिमा जेड स्पेन्सलाई राइट ब्याकको जिम्मेवारी दिइएको छ ।
एजी कोन्सा र मार्क गुएहीले सेन्टर ब्याकको भूमिका निभाउँदै छन् । कङ्गोको तीव्र गतिको काउन्टर अट्याक रोक्न स्पेन्सको शारीरिक क्षमता र गति टोलीका लागि निर्णायक हुन सक्ने विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण