शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गरिमाले ल्यायो सरल एसएमई कर्जा

बुधबार, ०३ माघ २०८०, २० : २७
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरूको ‘आफ्नै घर–आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । 

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्य दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर् ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ % र आवधिक कर्जामा मात्र १ % प्रिमियमका साथ नयाँ उद्यमीहरूलाई लक्षित गरी यो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।  यो योजन अन्तर्गत व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप