गरिमाले ल्यायो सरल एसएमई कर्जा
बुधबार, ०३ माघ २०८०, २० : २७
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरूको ‘आफ्नै घर–आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।
कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्य दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर् ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ % र आवधिक कर्जामा मात्र १ % प्रिमियमका साथ नयाँ उद्यमीहरूलाई लक्षित गरी यो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । यो योजन अन्तर्गत व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण