शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारी हिमपात र चिसो वर्षाले जर्मन यात्रामा अवरोध उत्पन्न

बुधबार, ०३ माघ २०८०, २२ : १४
बुधबार, ०३ माघ २०८०

बर्लिन । भारी हिमपात र चिसो वर्षाको सामना गर्नुपरेको जर्मनीमा कडा जाडो मौसमका कारण मुलुकको सबैभन्दा व्यस्त फ्र्याङ्कफर्ट विमानस्थालमा बुधबार सयौँ उडान रद्द गर्नुपरेको छ । 

फ्र्याङ्कफर्ट विमानस्थालका प्रवक्ताका अनुसार जर्मनीको व्यापारिक राजधानी नाटकीय मौसमको अवस्थाका लागि तयार रहेकाले बिहान ढिलोसम्म एक हजार ४७ उडानमध्ये पाँच सय ७० उडानलाई तालिकाबाट हटाइएको थियो । 

दिउँसोसम्म चिसो वर्षाको सुरुआतका कारण बाँकी सबै प्रस्थान निर्धारित तालिकाबाट प्रभावित भएको तर अवतरण अझै पनि सम्भव भएको अर्का प्रवक्ताले बताए । अवरोध कहिलेसम्म जारी रहन्छ भन्नेबारे तत्काल स्पष्ट भएको छैन । 

म्युनिख विमानस्थलले पनि खराब मौसमका कारण ‘उडान सेवामा महत्त्वपूर्ण प्रतिबन्ध’ को सूचना दिएको छ । त्यहाँ छ सय ५० निर्धारित उडानमध्ये दुई सय ५० लाई रद्द गरिएको छ । 

ध्वजावाहक लुफ्थान्साले यात्रीहरूलाई विमानस्थल प्रस्थान गर्नुअघि उनीहरूको उडानहरू अझै निर्धारित छन् वा छैनन् भनेर पुष्टि गर्न सुझाव दिएको छ । 

दक्षिणपश्चिमी तथा मध्य जर्मनीमा कम दबाब दिने प्रणाली गेरट्रुडले विशेषरूपमा बाडेन–वुर्टेमबर्ग राज्यमा ४० सेन्टिमिटर (१६ इन्च) सम्म हिउँ र खतरनाक हिउँको सडकहरूको स्थितिको प्रतिज्ञा गरेको छ । त्यहाँको राज्य प्रहरीले बाडेन–बाडेन नजिकैका सडकहरूमा ‘दुर्घटनाहरू बढ्ने’ सूचना दिएको छ । 

त्यस्तै राष्ट्रिय रेल कम्पनी डायचे बानले खराब स्थितिका कारण उसले आफ्नो उच्च–गतिका रेलहरूलाई सुस्त गरिरहेको बताएको छ । उसले विशेषगरी कोलोन र फ्र्याङ्कफर्टको पश्चिमी सहरबीच आफ्नो क्षेत्रीय र लामो दूरीको नेटवर्कमा ढिलाई र रद्द गर्ने चेतावनी दिएको छ । 

दक्षिणपश्चिममा राइनल्यान्ड–प्यालाटिनेटमा अग्निनियन्त्रकहरू र अन्य प्राथमिक प्रतिक्रियाहरूले अतिरिक्त कर्मचारी र वाहनहरूलाई बोलाएर सडक दुर्घटना र अन्य आपत्कालीन अवस्थाका लागि तयारी गरेका छन् । उनीहरूले सवारी चालकहरूलाई अत्यावश्यक नभएसम्म सडकमा सवारी ननिकाल्न आग्रह गरेका छन् । 

जर्मनीको सबैभन्दा ठूलो राज्य बाभेरियाको ठूलो भूभागमा खतरनाक चिसोको आशङ्कामा स्कुल बन्द गरिएको छ ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप