‘झोला’का निर्देशक यादव भट्टराईले बनाउँदै ‘झिल्को’
काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा कमाउन सफल फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका यादव भट्टराईले नयाँ फिल्मको रूपमा ‘झिल्को’ बनाउने भएका छन् । सामाजिक कथावस्तुमामा उनले यो फिल्म बनाउन लागेका हुन् ।
फिल्ममा रङ्गमञ्चका व्यस्त अभिनेता सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल लगायतको अभिनय रहनेछ । सुनिलले १३ बर्षपछि यसै फिल्म मार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनले पछिल्लो समय ‘आचार्य’ अभिनय गरेका थिए । जुन सन् २०११ मा रिलिज भएको थियो ।
माघ २२ गतेदेखि काठमाडौँका विभिन्न स्थानमा फिल्मको छायाङ्कन हुनेछ । ‘झिल्को’ले वर्तमान नेपाली समाजको कथा पेस गर्ने निर्देशक भट्टराईले बताए ।
थुप्रै म्युजिक भिडियो निर्देशनपछि भट्टराई फिल्म निर्देशित ‘झोला’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो । ‘झिल्को’को पटकथा तथा संवादलाई भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका छन् । दीपक बज्राचार्यको छायांकन, चण्डीप्रसाद काफ्लेको संगीत रहने फिल्मको शुभ–मुर्हूत बिहीवार साँझ गुह्येश्वरी हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण