मेरी क्रिसमसमाथि भारी भयो हनुमान
नयाँ दिल्ली । तेलगु माइथोलोजिक सुपरहिरो फिल्म हनुमानले सप्ताहन्त बाहेकका दिनमा पनि १० करोड भारुभन्दा धेरै कमाइरहेको छ ।
सोमबार १५ करोड र मंगलबार १२ करोड कमाएको फिल्मले बुधबार ११ करोड ६९ लाख भारु कमायो । इन्डष्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार ६ दिनमा फिल्मको कूल कलेक्शन ८० करोड ४४ लाख भारु पुगेको छ ।
फिल्मको हिन्दी संस्करणको कमाइ २० करोड
फिल्मको हिन्दी संस्करणले ६ दिनमा २० करोड भारुको व्यापार गरेको छ । फिल्मलाई प्यान–इन्डियामा रिलिज गरेपछि निर्माताहरुले तेलुगू पेड प्रिभ्यू पनि आयोजना गरेका थिए । यसमा मात्रै मेकरले ४ करोड १५ लाख भारु कमाए । फिल्मको बजेट निकै कम थियो । फिल्ममा ठूला स्टार पनि थिएनन् । निर्देशक पनि युवा थिए । तर फिल्मको व्यापार जर्बजस्त देखिएको छ ।
उता महेश बाबुको गुंटूर कारमको घरेलु कलेक्शन १०१ करोड भारु पुगेको छ । बुधबार घरेलु बक्स अफिसमा फिल्मको व्यापार ७ करोड भारु थियो । यसअघिका हरेक दिनमा कलेक्शन १० करोडभन्दा धेरै थियो । ९४ करोड भारुको वल्र्डवाइड ओपनिङसहित यो महेशबाबुको सबैभन्दा धेरै ओपनिङ भएको फिल्म हो । पहिलो सप्ताहन्तमा फिल्मले ६९ करोड १० लाख भारु कमाइ गरेको थियो ।
फ्लप भयो कट्रिनाको मेरी क्रिसमस
कट्रिना कैफ र विजय सेतुपतिको मेरी क्रिसमस चाँहि फ्लपको श्रेणीमा आउन सक्ने देखिएको छ । शनिबार र आइतबारबाहेक सबै वर्किङ दिनमा फिल्मको कलेक्शन लगातार ओरालो लागिरहेको छ ।
दोस्रो सप्ताहन्तमा फिल्मको कलेक्शन राम्रो रहेन भने यो फ्लपको श्रेणीमा आउनेछ । बुधबार फिल्मले १ करोड १८ लाख भारुको मात्रै व्यापार गरेको थियो । फिल्मको कलेक्शन जम्मा १३ करोड ९६ लाख भारु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण