शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

११ औँ किन्डर ओलम्पिकमा १७ सय सहभागी

बिहीबार, ०४ माघ २०८०, १७ : ५८
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । ११ औँ किन्डर ओलम्पिक २०८० आगामी माघ ६ देखि १३ गते दशरथ रंगशालामा हुने भएको छ ।

अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना यो प्रतियोगिता हुँदै आएको छ । 

यसपाली काठमाडौँ उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एकताका अध्यक्ष बिना शर्माले जानकारी दिइन् । दशरथ रंगशालामा हुने कार्यक्रममा तीनदेखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीले विभिन्न खेलकुद विधामा भाग लिनेछन् ।

प्रतियोगिताका संयोजक केदारमान स्थापितले प्रतियोगितामा एथलेटिक्स, जुडो, कराँते, उसु र तेक्वान्दो खेल समावेश गरिएको छ । सानै उमेरबाट नै विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा संलग्न गराउने उक्त प्रतियोगताको नारा ‘जितभन्दा सहभागिता महत्त्वपूर्ण’ रहेको छ । 

एकताका अध्यक्ष विना शर्माले किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो रहेको उल्लेख गर्दै बालबालिकाहरुलाई रंगशालासम्म डोर्याउनु मुख्य उद्देश्य रहेका बताइन् ।

सबै सहभागीलाई पदक दिने भएकाले जितभन्दा सहभागिता मुख्य हो भन्ने सबैले महसुस गर्ने आयोजकको विश्वास छ । सहभागी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप