११ औँ किन्डर ओलम्पिकमा १७ सय सहभागी
काठमाडौँ । ११ औँ किन्डर ओलम्पिक २०८० आगामी माघ ६ देखि १३ गते दशरथ रंगशालामा हुने भएको छ ।
अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना यो प्रतियोगिता हुँदै आएको छ ।
यसपाली काठमाडौँ उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एकताका अध्यक्ष बिना शर्माले जानकारी दिइन् । दशरथ रंगशालामा हुने कार्यक्रममा तीनदेखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीले विभिन्न खेलकुद विधामा भाग लिनेछन् ।
प्रतियोगिताका संयोजक केदारमान स्थापितले प्रतियोगितामा एथलेटिक्स, जुडो, कराँते, उसु र तेक्वान्दो खेल समावेश गरिएको छ । सानै उमेरबाट नै विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा संलग्न गराउने उक्त प्रतियोगताको नारा ‘जितभन्दा सहभागिता महत्त्वपूर्ण’ रहेको छ ।
एकताका अध्यक्ष विना शर्माले किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो रहेको उल्लेख गर्दै बालबालिकाहरुलाई रंगशालासम्म डोर्याउनु मुख्य उद्देश्य रहेका बताइन् ।
सबै सहभागीलाई पदक दिने भएकाले जितभन्दा सहभागिता मुख्य हो भन्ने सबैले महसुस गर्ने आयोजकको विश्वास छ । सहभागी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण