जनतालाई सहज स्वास्थ्य सेवा पुर्याउन सरकार संवेदनशील छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउन सरकार सम्वेदनशील रहेको बताएका छन् । सम्वाद समूह कोशी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेश स्वास्थ्य नीति सम्वाद कार्यक्रममा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले नागरिकलाई सहज अनुभूति गर्ने स्वास्थ्य सेवाका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक परिवर्तन गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
उनले भने, “वर्तमान सरकार जनतालाई दिएको आश्वासन एवं वाचा पुरा गर्न सरकार जे गर्छ, त्यो बोल्छ, जे बोल्छ, त्यो पुर्याउँछ ।” उनले क्लब, पुराण जस्ता कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीलाई उद्घाटन गर्न नबोलाउन आग्रह गर्दै यसले समाजमा नकारात्मक प्रभाव पर्ने गरेको बताए । पूर्वमन्त्री उद्धव थापाले स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा.सुधा देवकोटा, पूर्वमन्त्री जीवन घिमिरे र नेकपा एमालेका संसदीय दलका उपनेता राम रानाले स्वास्थ्यलाई निःशुल्क र मौलिक हकको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
डा.नवराज सुब्बाले सरकारी अस्पतालको सेवा प्रवाह, समस्या र चुनौती समाधानार्थ राजनीतिक सहकार्य र प्रतिबद्धता, सुमन तिमिल्सिनाले सरकारी अस्पतालको सेवा प्रभाव, समस्या र स्वास्थ्य क्षेत्रको नीतिगत उल्झन, प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख एवं उपप्रमुख, प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारी, विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्य सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण