रातोपाटीको सम्पादकमा दाहाल नियुक्त

काठमाडौँ । रातोपाटी डटकमको सम्पादकमा रामप्रसाद दाहाल नियुक्त भएका छन् । डिस्कवरी न्युज नेटवर्क सञ्चालक समितिले शुक्रबार दाहाललाई सम्पादकमा नियुक्त गरेको हो ।
रातोपाटीको बखुण्डोलस्थित प्रधान कार्यालयमा शुक्रबार नै आयोजित एक कार्यक्रमका बिच नेटवर्ककी अध्यक्ष विजया शर्माले दाहाललाई स्वागत गरिन् । उनले दाहालको सम्पादकत्वमा रातोपाटीले अझै उचाइ लिने विश्वास व्यक्त गरिन् ।
यसैगरी रातोपाटीका प्रधान सम्पादक जिवेन्द्र सिम्खडाले दाहाललाई सम्पादकको रुपमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।
सो अवसरमा रातोपाटीका संस्थापक ओम शर्माले दाहालको कार्यकालमा संस्थाले थप गति लिने विश्वास व्यक्त गरे । ‘विश्व विद्यालयमा नयाँ नयाँ मान्छे आइरहन्छन् । विश्वविद्यालय चाहिँ रहिरहनुपर्छ’, उनले भने, ‘नवनियुक्त सम्पादक दाहालबाट संस्थालाई राम्ररी अघि बढाएको देख्न पाइयोस् ।’
नवनियुक्त सम्पादक दाहालले टिमवर्कका साथ न्युजरुम चुस्त ढंगले अघि बढ्ने विश्वास लिँदै उनले जनताका समाचार र लुकाइएका समाचारलाई बढी भन्दा बढी स्थान दिइने बताए ।
अढाइ दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ३ हैबुङका दाहालले राष्ट्रिय समाचार समितिबाट पत्रकारिता सुरु गरेका थिए । कान्तिपुर दैनिक, स्पेसटाइम दैनिक, राजधानी दैनिक, स्वतन्त्र समाचार सेवा, नयाँ पत्रिका, इमेज च्यानल र राइजिङ नेपालमा पनि काम गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा एमफील र पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर दाहाल नेपाल पत्रकार महासंघका पूर्वसचिव पनि हुन् ।
कार्यक्रममा रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तसहित समाचार कक्षका सम्पूर्ण सहकर्मीहरुले दाहाललाई स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण