रातोपाटीको सम्पादकमा दाहाल नियुक्त
काठमाडौँ । रातोपाटी डटकमको सम्पादकमा रामप्रसाद दाहाल नियुक्त भएका छन् । डिस्कवरी न्युज नेटवर्क सञ्चालक समितिले शुक्रबार दाहाललाई सम्पादकमा नियुक्त गरेको हो ।
रातोपाटीको बखुण्डोलस्थित प्रधान कार्यालयमा शुक्रबार नै आयोजित एक कार्यक्रमका बिच नेटवर्ककी अध्यक्ष विजया शर्माले दाहाललाई स्वागत गरिन् । उनले दाहालको सम्पादकत्वमा रातोपाटीले अझै उचाइ लिने विश्वास व्यक्त गरिन् ।
यसैगरी रातोपाटीका प्रधान सम्पादक जिवेन्द्र सिम्खडाले दाहाललाई सम्पादकको रुपमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।
सो अवसरमा रातोपाटीका संस्थापक ओम शर्माले दाहालको कार्यकालमा संस्थाले थप गति लिने विश्वास व्यक्त गरे । ‘विश्व विद्यालयमा नयाँ नयाँ मान्छे आइरहन्छन् । विश्वविद्यालय चाहिँ रहिरहनुपर्छ’, उनले भने, ‘नवनियुक्त सम्पादक दाहालबाट संस्थालाई राम्ररी अघि बढाएको देख्न पाइयोस् ।’
नवनियुक्त सम्पादक दाहालले टिमवर्कका साथ न्युजरुम चुस्त ढंगले अघि बढ्ने विश्वास लिँदै उनले जनताका समाचार र लुकाइएका समाचारलाई बढी भन्दा बढी स्थान दिइने बताए ।
अढाइ दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ३ हैबुङका दाहालले राष्ट्रिय समाचार समितिबाट पत्रकारिता सुरु गरेका थिए । कान्तिपुर दैनिक, स्पेसटाइम दैनिक, राजधानी दैनिक, स्वतन्त्र समाचार सेवा, नयाँ पत्रिका, इमेज च्यानल र राइजिङ नेपालमा पनि काम गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा एमफील र पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर दाहाल नेपाल पत्रकार महासंघका पूर्वसचिव पनि हुन् ।
कार्यक्रममा रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तसहित समाचार कक्षका सम्पूर्ण सहकर्मीहरुले दाहाललाई स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण