बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर कप भलिबल : हेल्प नेपाल फाइनलमा

शुक्रबार, ०५ माघ २०८०, १५ : १९
शुक्रबार, ०५ माघ २०८०

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाको आर्मी टिमलाई ३-१ को सेटमा हराएको हो । 

पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिका तीनै सेट आफ्नो पक्षमा पारेको हो । दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१८ र चौथो सेट २६–२४ स्कोरले हराएको हो । 

आजै दोस्रो सेमिफाइनल घरेलु टोली गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबिच हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप