आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहनेछ : सभामुख घिमिरे

शुक्रबार, ०५ माघ २०८०, १९ : ००
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहने बताएका छन् ।

प्रतिनिधि सभाको सभामुख चयन भएको एक वर्ष पुगेको अवसरमा धन्यवाद ज्ञापन व्यक्त गर्दै सभामुख घिमिरेले विधि निर्माण, सरकारको निगरानी, नागरिक अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्य मान्यताको सुनिश्चितताका लागि सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहने बताए । 

उनले भने, ‘प्रतिनिधि सभाको गरिमामय सभामुख पदमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसद्को नेतृत्व गरेपछिको एक वर्ष साथ, सहयोग र सुझाव प्रदान गर्नुहुने सरकार, राजनीतिक दल, माननीय सदस्यहरु, संघीय संसद् सचिवालय, विभिन्न संघ संस्था, विज्ञ लगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’ 

घिमिरे गत वर्ष प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए । 

s

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप