सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहनेछ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहने बताएका छन् ।
प्रतिनिधि सभाको सभामुख चयन भएको एक वर्ष पुगेको अवसरमा धन्यवाद ज्ञापन व्यक्त गर्दै सभामुख घिमिरेले विधि निर्माण, सरकारको निगरानी, नागरिक अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्य मान्यताको सुनिश्चितताका लागि सबल र जीवन्त संसद् बनाउने प्रयास निरन्तर रहने बताए ।
उनले भने, ‘प्रतिनिधि सभाको गरिमामय सभामुख पदमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसद्को नेतृत्व गरेपछिको एक वर्ष साथ, सहयोग र सुझाव प्रदान गर्नुहुने सरकार, राजनीतिक दल, माननीय सदस्यहरु, संघीय संसद् सचिवालय, विभिन्न संघ संस्था, विज्ञ लगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’
घिमिरे गत वर्ष प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण