दुई लघुकथा : करेन्ट र पाइप फिटिङ
१) करेन्ट
गाडीले अचानक ब्रेक मारेको आवाजले सबैको ध्यान खिच्यो । सहरको भित्री गल्लीमा पनि आजभोलि गाडीहरू धेरै हिँड्न थालेका थिए । अझ चोकहरूमा कति बेला दुर्घटना हुने हो जस्तै गरेर तीव्र गतिमा आउने गरेका थिए गाडीहरू । ‘के भयो ? कसलाई ठोकेछ ?’ भन्दै हरिबहादुर बाहिर बाटोमा निस्के । उनी निस्कँदा अरु दुई–चारजना जम्मा भइसकेका रहेछ्न् ।
‘गाडीको नम्बर कसैलाई याद भयो ?’ नरेशले सोध्यो ।
‘भाग्न त पूर्वतर्फको गल्लीबाट भागेर गएको हो, रङ सेतो थियो । नम्बर याद भएन । यो गल्लीमा कसैको सीसी क्यामरा पनि छैन,’ उमेशले भन्यो ।
सबैले नरबहादुरको छोरोलाई उठाएर छेउमा राखे । सात वर्षको जस्तो देखिने ऊ रोइरहेको थियो । ‘ल धेरै चोट लागेको रहेनछ । घुँडामा र हातमा ददारेको मात्र छ । औषधी लगाए पछि सन्चो हुन्छ । धन्य भगवान ठूलो चोट लागेन,’ हरिबहादुरले भने ।
‘यस्तो चोकमा राम्रोसँग हेरेर हिँड्नुपर्छ । कता जान लागेको ?’ नरेशले सोध्यो ।
‘बाबाले चोकको पसलबाट करेन्ट लिएर आउन भन्नुभयो, त्यही लिन आएको’ भन्दै नरबहादुरको छोराले हातको पचास रुपैयाँ देखायो ।
२) पाइप फिटिङ
ठेकेदारले नयाँ मानिस ल्याएको देखेर घरधनीले भने, ‘कसलाई ल्याउनुभएको ?’
‘अब पानीको पाइप फिटिङको काम गर्ने बेला भयो । त्यसैले उहाँलाई जिम्मा दिनुप¥यो भनेर देखाउन लागेको,’ ठेकेदारले भने ।
‘अरु काम गर्ने पाउनुभएन ?’ घरधनीले भने ।
‘हैन, उहाँले राम्रो काम गर्नुहुन्छ । ट्रेनिङ लिएको राम्रो मान्छे हो,’ ठेकेदारले भने ।
‘जे भए पनि उनीहरू जस्तो हाम्रो मान्छेले के काम गर्छन् ? हुँदैन उतैको खोज्नुहोस्,’ घरधनीले भने ।
ठेकेदारसँग आएका ती व्यक्ति केही बोल्न सकेनन् । उडिसाबाट आएका मानिसले यो पेसा गरेर राम्रै कमाएको देखेर यो क्षेत्रमा लाग्न खोजेका थिए उनी, तर उनले पनि आफ्नै देशमा रोजगारी नपाएर विदेश छिर्नुपर्ने भयो ।
(पोखरा ७ मासबार, कास्की ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण