बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान हो : बद्री केसी

शनिबार, ०६ माघ २०८०, १७ : १८
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा नयाँ कार्यसमितिमा रहेकाहरु  प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको आरोप लगाएका छन्  शनिबार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूसँग आरके शर्मा  प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको रहेको बताएका हुन् । निर्वाचनमा उम्मेदवार रहेका महेश श्रेष्ठसमेतको सहयोगमा शर्माले एनआरएनएमा नयाँ कार्यसमिति गठन गरेर  गतिविधि गर्दै आएका छन् । 

उनले देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउने भएपनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको स्पष्ट पारे । उनले एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर निर्वाचन आफूहरूले गरेको दाबी गरे । उनले निर्वाचन अघिसम्म सबैले सहमति गरेर निर्वाचन गराए पनि पराजित भएकाहरुले नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको बताए । उनले अहिले एनआरएनएको निर्वाचित समिति एउटा मात्रै रहेको बताए ।

 उनले भने, ‘चुनावको बेलामा साँच्चिकै एकजना उपाध्यक्षको उम्मेदवारमा केही इरर आएको हो । तर तत्काल नै भेरोभोटिङसँग इन्फरमेसन लिएर समाधान गरेका हौँ । अहिले निर्वाचित समिति एउटा मात्रै छ । देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउन सक्छ । गैरआवासीय नेपाली भनेको गैरराजनीतिक अभियान हो । जात र धर्म, भाषा भन्दा माथिको अभियान हो । हामी सरकारलाई सघाउन चाहन्छौँ र सरकारबाट पनि त्यही अपेक्षा गरेका छौँ । जितेर आएको समितिलाई सरकारले सहयोग गरोस् । पराजित साथीहरूले सरकारलाई अन्योलमा पारिदिनुभयो । पराजित साथीहरू सरकारका नजिकका व्यक्तिहरू हुनुहुन्थ्यो । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका नजिकका व्यक्तिहरू हुनुहुन्थ्यो र उहाँहरूले भ्रम फैल्याएर गलत कुरा मन्त्रीहरूलाई दिनुभयो । सरकारले आफ्नो ठोस निर्णय अझैसम्म ल्याएको छैन ।’

विगत ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको केसी पक्षले  जनाएको छ । गत नोभेम्बर महिनाको पहिलो साता ठुलो जनधनको क्षति हुने गरी गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केसी पक्षको गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै दुई दर्जन देशका राष्ट्रिय समिति लगायतबाट सङ्कलित करिब १ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको बताएको छ ।  

केसी पक्षले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गरिरहेको बताएको छ । यसैगरी यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा, मधेस प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा सङ्कलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरिएको छ भने आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप