सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुक कांंग्रेसकै नीतिअनुसार चलेको छ : उपसभापति खड्का

शनिबार, ०६ माघ २०८०, १७ : ३०
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन् । शनिवार नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा खड्काले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए । 

उनले आगामी  महासमिति बैठक पछि महासमिति सदस्यहरुलाई थप ठूलो आशा र भरोसा जाग्ने गरि पार्टीले अभियान सुरु गर्ने जानकारी पनि दिए । कार्यवहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पंक्तिकाबिच खटपट हुन नदिने गरि काम गर्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि र पार्टीप्रति मेलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताका बिचमा जान थप सहज हुने उनको भनाइ थियो ।

उपसभापति खड्काले १३ औँ महाधिवेशनमा सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरे । उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढन नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

उनले संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो, सोहीअनुसार कार्यान्वयनमा पनि क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिए । “संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व लिएको छ, आगाम दिनमा पनि कांग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ”, उनले भने ।

२०४६ सालपछि विकास निर्माणको ठूलो काम कांग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्याउन नसकिएको उनको भनाइ थियो । उनले पार्टी सुधार र रुपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप