एड्भान्स बुकिङको पहिलो दिन फाइटरले कमायो २ करोड
नयाँ दिल्ली । रितिक रोशन र दीपिका पादुकोणको फिल्म फाइटर जनवरी २५ मा फिल्म हलहरुमा रिलिज हुँदैछ । शनिबारदेखि फिल्मको एड्भान्स बुकिङ सुरु गरिएको थियो ।
इन्डष्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार पहिलो दिन फिल्मको ६० हजार टिकट बिक्री भएको छ । यसबाट करीब २ करोड भारु कलेक्सन भएको बताइएको छ । खबरका अनुसार एड्भान्स बूकिङको पहिलो दिनमा ६ हजार ४२६ वटा शोका लागि ५९ हजार ३३६ वटा टिकट विक्री भएको छ । यसबाट १ करोड ९५ लाख भारु उठेको बताइएको छ ।
पठानको एनिभर्सरीमा फाइटर रिलिज
फाइटरको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् । उनले शाहरुख खानको चर्चित फिल्म पठानको पनि निर्देशन गरेका थिए । सिद्धार्थले फाइटरलाई पठानको पहिलो एनिभर्सरीमा रिलिज गर्न लागेका छन् ।
गएको वर्ष जनवरी २५ मा रिलिज भएको थियो पठान । फिल्ममा शाहरुखको साथमा दीपिका पादुकोण पनि थिइन् । यो फिल्मले विश्वभर १ हजार ५० करोड भारु कमाएको थियो । यो गएको वर्षको सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण