अष्ट्रेलियामा नेपाल प्रहरीसँग लियाम निशिनको घम्साघम्सी
काठमाडौँ । उमेरले पनि लियाम निशनलाई सुस्त बनाउन सकेको छैन । ७१ वर्षका एक्सन हिरो शुक्रबार नयाँ फिल्मको फाइटिङ सिनको सुटिङ गरिरहेको देखिए ।
भिक्टोरियाको सानो सहर वल्हल्लामा उनी व्यस्त छन् यति बेला हलिउड फिल्म आइस रोड २ को सुटिङमा । यो सहर मेलबर्नको पूर्वतिर साढे २ घण्टाको दूरीमा छ । तर सहरलाई नेपालको गाउँले परिवेशको झल्को आउने गरी तयार पारिएको छ ।

सुटिङमा निशन नेपाल प्रहरीको पोसाकमा रहेका एक पुरुषसँग घम्साघमसी गरिरहेका थिए । निशिनले रिसको झोकमा प्रहरी पोसाकमा सजिएको पुरुषमाथि मुड्की उचालिरहेका छन् । यो दृश्यमा एक पछि अर्को गर्दै टेक भइरहेको छ । उनीमाथि मुक्का प्रहार गरिरहेका छन् । केहीबेरसम्मको हाताफाईपछि प्रहरी अधिकार लडेको दृश्य छ । अहिले मेलबर्नको मौसम तातो छ । गर्मी धेरै छ । तर नेपालमा हिउँदको मौसम भएकोले यही भएको देखाउन उनले टन्नै लुगा लगाएका छन् ।

यो दृश्य सुट भइरहँदा पानी परिरहेको छ । टेकको बिचबिचमा एक जनाले निशनलाई छाता ओढाइरहेको पनि देख्न सकिन्छ । फिल्मका अन्य काष्ट मेम्बरहरु भने यताउता हिडिरहेको देखिन्छ ।
आईस रोड २ः रोड टू स्काई आफ्नो मृत भाईको अस्तु बोकेर सगरमाथा जान लागेका एक पुरुषको कथा हो । फिल्मको शुरुआत क्यानडामा हुन्छ । तर फिल्ममा नेपालका दृश्यहरू खिच्न मेलबर्नमा नेपाली गाउँ बनाइएको छ । नेपालको पृष्ठभूमिमा जनवरी १६ देखि जनवरी २४ सम्म सुट हुने बताइएको छ । यो फिल्म सन् २०२१ मा आएको आइस रोडको सिक्वेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण