अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्समा सवार चार जना जीवित
काबुल । अफगानिस्तानमा दुर्घटनाग्रस्त मस्को जाँदै गरेको एयर एम्बुलेन्स भएको पत्ता लागेको छ । यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार जना बाँच्न सफल भएको र दुईजनाको बारेमा जानकारी सङ्कलन भइरहेको छ । मोरक्कन-रेजिष्टर्ड डसल्ट फाल्कन (DF-10) विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो र थाइल्याण्डबाट मस्को जाँदै थियो।
जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बताइएको छ । अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो ।
सुरुमा यो भारतीय विमान भएको खबर आएपनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४ः०२ बजे विमान उडेको थियो । रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित बेपत्ता भएको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण