जाजरकोटको हिमज्योती विद्यालयका बालबालिकालाई राहत सामाग्री वितरण
सोमबार, ०८ माघ २०८०, ०८ : २९

जाजरकोट । भूकम्प प्रभावित जिल्ला जाजरकोटको हिमज्योती प्राथमिक विद्यालयमा राहत सामग्री वितरण गरिएको छ । बोरकोट गाउँपालिका वडा नम्बर २ स्थित उक्त विद्यालयका बालबालिकालाई साउथ वेस्ट समाज युकेले न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव सोम सापकोटाले जानकारी दिए । उनका अनुसार विद्यालयका सम्पूर्ण बालबालिकालाई ३ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको हो ।
सोही क्रममा सापकोटाले एनआरएनएको तर्फबाट कर्णाली प्रदेशका पर्यटन मन्त्री र अर्थमन्त्रीसँग भेटवार्ता गर्दै आपसी सहकार्यको विषयमा छलफल गरेका थिए । उस्तै पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलगायतसँग आफ्नो छलफल भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रमुख सचेतक शाही
-
रास्वपाले कांग्रेसका वडाध्यक्षले आफ्नो नेतालाई कुटेको विषय संसदमा उठायो
-
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
-
मस्कको स्टारसिप-३६ रकेट विस्फोट
-
मन्त्री सिंह नेतृत्वको टोलीद्वारा बागमती करिडोरको अनुगमन
-
संसदभित्रै सांसद थापाले च्याते बजेट किताब