जाजरकोटको हिमज्योती विद्यालयका बालबालिकालाई राहत सामाग्री वितरण
सोमबार, ०८ माघ २०८०, ०८ : २९
जाजरकोट । भूकम्प प्रभावित जिल्ला जाजरकोटको हिमज्योती प्राथमिक विद्यालयमा राहत सामग्री वितरण गरिएको छ । बोरकोट गाउँपालिका वडा नम्बर २ स्थित उक्त विद्यालयका बालबालिकालाई साउथ वेस्ट समाज युकेले न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव सोम सापकोटाले जानकारी दिए । उनका अनुसार विद्यालयका सम्पूर्ण बालबालिकालाई ३ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरिएको हो ।
सोही क्रममा सापकोटाले एनआरएनएको तर्फबाट कर्णाली प्रदेशका पर्यटन मन्त्री र अर्थमन्त्रीसँग भेटवार्ता गर्दै आपसी सहकार्यको विषयमा छलफल गरेका थिए । उस्तै पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलगायतसँग आफ्नो छलफल भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण