सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेँलो चेतावनी जारी

सोमबार, ०८ माघ २०८०, १४ : ३४
सोमबार, ०८ माघ २०८०

बेइजिङ । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेंलो रङको चेतावनी सङ्केत जारी गरेको छ । सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान र गुआङ्सीका केही भागमा हिमपात सहित आँधी आउने प्राधिकरणले जनाएको छ ।

यसैबिच राष्ट्रिय मौसम विज्ञान केन्द्रले २ सेन्टिमिटरदेखि ६ सेन्टिमिटरसम्म हिमपात हुने  बताएको छ । साथै गुइझोउ, युनान र गुआङ्सीका भागहरूमा चिसो वर्षा हुने  पनि अनुमान गरिएको छ ।

हिउँ पर्ने मौसममा पैदल यात्रु र चालकलाई थप सावधानी अपनाउन र सडक, रेलमार्ग, विद्युत र दूरसञ्चारमा सावधानी अपनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । चीनसँग चार–स्तरीय, रङ्ग–कोड गरिएको मौसम चेतावनी प्रणाली छ । रातोले सबैभन्दा गम्भीर मौसमलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला, पहेंलो र निलोले क्रमशः कम खताराको प्रतिनिधित्व गर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप