‘अगस्त्य पोस्टरमा शालीन मलिकासँगै देखिए सौगात
काठमाडौँ । फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर !’ चर्चामा छ । फिल्मका मुख्य नायकद्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको हो ।
यसैबिच, यसको निर्माण पक्षले टिजर रिलिजको ३ दिन अगाडि नायिका मलिका महतको लुक्स सार्वजनिक गरेको छ । यो फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिँदै छिन् ।
फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन । सौरभ चौधरीको निर्देशनमा तयार भएको यो फिल्ममा कलाकार तथा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण