लुम्बिनी प्रदेश : १० लाख जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध
बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य बीमा सेवा लागु भएको तीन वर्षको अवधिमा १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका छन् । यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २१ दशमलव ३३ प्रतिशत रहेको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनकबहादुर साउदले बताए ।
स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका हुन् । बिमितमध्ये ५ लाख २४ हजार ७ सय ७० पुरुष, ५ लाख ६७ हजार ७ सय ८७ महिला र १ सय १७ जना अन्य समावेश छन् ।
प्रदेशमा बाँकी ७९ प्रतिशत जनसङ्ख्यालाई पनि बीमाको दायरामा ल्याउन पहल भइरहेको बीमा बोर्डका प्रदेश संयोजक साउदले बताए ।
- कुन जिल्लामा कस्तो अवस्था ?
नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि लुम्बिनी प्रदेशको पाल्पामा २०७३ सालमा यसको सुरुवात भएको हो । बिस्तारै अन्य जिल्लामा पनि कार्यक्रम लागु हुँदै २०७७ साल फागुनसम्म प्रदेशका १२ वटै जिल्लामा बीमा सेवा विस्तार भएको थियो ।
पाल्पामा २ लाख ३६ हजार ७ सय १७ जना स्वास्थ्य बिमित छन् । सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७ सय २ जना बिमित रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयले जनाएको छ ।
रुपन्देही जिल्लामा १ लाख ६१ हजार ५ सय ८१, बर्दियामा १ लाख २८ हजार ९ सय ९६, गुल्मीमा १ लाख ७ हजार ३ सय १२, कपिलवस्तुमा १ लाख ४ हजार ४८, अर्घाखाँचीमा ८२ हजार १ सय १६, बाँकेमा ७१ हजार २ सय ५ बिमित छन् । यस्तै, प्युठानमा ६३ हजार ८ सय ८६, दाङमा ४५ हजार ३, नवलपरासी पश्चिममा ४४ हजार १ सय ६८, रोल्पामा ३८ हजार ९ सय ३९ बिमित छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा बीमा बापतको सेवा लिन दैनिक ३ सयभन्दा धेरै बिरामी हुने गर्दछन् । प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी दयासागर पन्थीले बीमा गराएको व्यक्ति र अन्य जिल्लाबाट रिफर आएको व्यक्तिले पनि यो स्वास्थ्य बीमाको सेवा लिन पाउने बताए ।
स्वास्थ्य बीमा लागु भएका प्रादेशिक अस्पतालहरूमा सेवाग्राही बढेको मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए । उनले भने, ‘विगतमा भन्दा बीमा लागु भएपछि बिरामीको सङ्ख्या वृद्धि भएको छ । जसका कारण अस्पतालमा ल्याब, ओपीडी तथा फार्मेसी व्यवस्थापनमा चुनौती थपिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण