यी हुन् त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिने ४३ जना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन तँछाडमछाड देखिएको छ । विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार ४३ जनाको आवेदन परेको हो ।
त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको हो । यसका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक कुमार राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन आह्वान गर्दै २३ पुसमा सूचना जारी गरेको थियो । यसअघि पुस २० मा जारी भएको सूचनामा विरोध भएको थियो ।
विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने समेत मापदण्ड तोकिएपछि विरोध भएको थियो । त्यसपछि कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले दोस्रो पटक १५ दिने सूचना जारी गरेको थियो । जुन सूचनाको म्याद सोमबार सकिएको छ ।
आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्राडा शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्राडा नन्दबहादुर सिंह लगायतका रहेका छन् । २०७६ सालमा नियुक्ति भएका सिंहको कार्यकाल आउँदो फागुन १८ गते सकिँदै छ ।
त्यस्तै त्रिविकै पूर्व उपकुलपति प्राडा तीर्थ खनिया, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, त्रिविका पूर्व डीन गुणनिधि न्यौपाने, टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी लगायतले आवेदन दिएका छन् ।
हेर्नुहोस् सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण