सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

हनुमानको अर्को पार्ट बन्ने, सिक्वेलबाट आउट भए तेजा सज्जा

मङ्गलबार, ०९ माघ २०८०, १४ : ४०
मङ्गलबार, ०९ माघ २०८०

नयाँ दिल्ली । तेज सज्जाको फिल्म हनुमान जनवरी १२ मा हिन्दीको साथसाथै साउथका भाषाहरुमा रिलिज भएको थियो । रिलिजयता नै फिल्म लगातार चर्चामा छ । 

फिल्मले मेकरहरुलाई मालामाल बनाइदिएको छ । अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठाको चहलपहलबिच हनुमानले दिनहुँ शानदार कमाई गरिरहेको छ । झन्डै २ हप्ता हुन लाग्दा समेत फिल्मको बक्स अफिस कलेक्शन सुस्ताएको छैन । 

सानो बजेटमा बनेको यो फिल्मले दक्षिणका सुपरस्टार महेश बाबुको गुंटूर कारमलाई समेत वर्ल्ड वाइड कलेक्शनलाई उछिनेको छ । यसैबिच मेकरहरुले फिल्मको अर्को पार्टको घोषणा गरेका छन् । मात्रै २० करोड भारुमा बनेको यो फिल्मले विश्वभर २०० करोडभन्दा धेरै कमाई सकेको छ ।

‘जय हनुमान’को नाममा आउनेछ सिक्वेल

हनुमानको शानदार सफलताबाट मेकरहरु निकै खुसी भएका छन् । अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठाको मौका पारेर हनुमानको अर्को पार्टको घोषणा गरेर फ्यानहरुलाई ठूलो उपहार दिइएको छ । 

हनुमानको अर्को पार्ट जय हनुमान शीर्षकमा रिलिज हुने भन्दै फिल्मका निर्देशक प्रशान्त बर्माले एक्समा एउटा पोष्टमा भनेका थिए । सोमबार नै फिल्मको प्रि–प्रोडक्शन सुरु गरिएको बर्माले बताए ।

सिक्ेवलको लिड रोलबाट तेज सज्जा आउट

हनुमानमा तेज सज्जाले शीर्ष भूमिका निर्वाह गरेका थिए । तर जन हनुमानमा उनी लिड एक्टरको रुपमा नरहने सञ्चार माध्यमहरुले बर्माको भनाईलाई उद्धृत गर्दै भनेका छन् । 

बर्माका अनुसार जय हनुमानमा तेज सज्जा लिड हिरो हुने छैनन् । यस फिल्ममा उनी मनुमंथुको रुपमा रहनेछन् । लिड रोलमा भने कुनै ठूलो अभिनेता हुने बताइएको छ ।

फिल्मले ११ दिनमा भारतीय बक्स अफिसमा झन्डै १४० करोडको कमाई गरेको छ । फिल्मको कलेक्शनले सबैलाई छक्क पारिदिएको छ । 

११ औँ दिनमा फिल्मको कमाई ७ करोड ५० लाख भारु थियो र योसँगै भारतीय बक्स अफिसमा फिल्मको कूल कमाई १३९ करोड ५५ लाख भारु पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप