२०४८ पछि सत्तामा गएकाको सम्पत्ति छानबिन गरौँ : प्रदीप पौडेल
पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले २०४८ सालयता सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । कास्की काँग्रेसको सम्मेलनलाई सम्बोधन गर्दै उनले सबैले ४८ साल यताको नेतृत्व गर्नेका सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेकाले काँग्रेस तयार हुनुपर्ने बताए ।
'सबैले ४८ यताका सरकारमा गएकाको सम्पत्ति छानबिनको आवाज उठाएका छन् । यो राम्रो विषय हो,' उनले भने,'काँग्रेस यसमा किन तयार नहुने ? हामीले नै यसको अभियान चलाओैं ।'
उनले महाधिवेशनमा सबै क्रियाशील मतदाताले भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने बताए । 'महाधिवेशन प्रतिनिधिले हैन, सबै क्रियाशील सदस्यले मतदान गर्ने विधि निर्माण गरौँ,' उनले भने ।
पौडेलले बैंकका कारण बजार बिच्किएको तर्क गरे । 'दिनमा ३५०० मान्छे बिदेसिनु भनेको एउटा वडा खाली हुनु हो । हरेक दिन एउटा वडा रित्तिएको छ',पौडेलले अघि थपे,'बैंकका कारण बजार बिच्किएको छ । सटर बन्द गरेर टुटल र पाओ चलाएर बसेका छन् । यसको अवस्था कसरी आयो ?'
उनले प्रदेश संरचनालाई चुस्त बनाउन सुझाए । '८ जना मन्त्री भएका ठाउँमा ४ जनामा झारौँ । चालु खर्च घटाओैं । पुँजीगत खर्चमा वृद्धि गरौँ', उनी भन्छन्,'यस्ता विषय महासमिति बैठकमा राखौँ । बृहत् छलफल गरौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण