शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

२०४८ पछि सत्तामा गएकाको सम्पत्ति छानबिन गरौँ : प्रदीप पौडेल

मङ्गलबार, ०९ माघ २०८०, १७ : ०८
मङ्गलबार, ०९ माघ २०८०

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले २०४८ सालयता सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । कास्की काँग्रेसको सम्मेलनलाई सम्बोधन गर्दै उनले सबैले ४८ साल यताको नेतृत्व गर्नेका सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेकाले काँग्रेस तयार हुनुपर्ने बताए । 

'सबैले ४८ यताका सरकारमा गएकाको सम्पत्ति छानबिनको आवाज उठाएका छन् । यो राम्रो विषय हो,' उनले भने,'काँग्रेस यसमा किन तयार नहुने ? हामीले नै यसको अभियान चलाओैं ।' 

उनले महाधिवेशनमा सबै क्रियाशील मतदाताले भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने बताए । 'महाधिवेशन प्रतिनिधिले हैन, सबै क्रियाशील सदस्यले मतदान गर्ने विधि निर्माण गरौँ,' उनले भने । 

पौडेलले बैंकका कारण बजार बिच्किएको तर्क गरे । 'दिनमा ३५०० मान्छे बिदेसिनु भनेको एउटा वडा खाली हुनु हो । हरेक दिन एउटा वडा रित्तिएको छ',पौडेलले अघि थपे,'बैंकका कारण बजार बिच्किएको छ । सटर बन्द गरेर टुटल र पाओ चलाएर बसेका छन् । यसको अवस्था कसरी आयो ?' 

उनले प्रदेश संरचनालाई चुस्त बनाउन सुझाए । '८ जना मन्त्री भएका ठाउँमा ४ जनामा झारौँ । चालु खर्च घटाओैं । पुँजीगत खर्चमा वृद्धि गरौँ', उनी भन्छन्,'यस्ता विषय महासमिति बैठकमा राखौँ । बृहत् छलफल गरौँ ।' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप