‘बुक बिल्डिङ’मा खुल्यो रिलायन्स स्पिनिङ मिल्सको आईपीओ
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि ‘बुक बिल्डिङ’ प्रक्रियामा प्राथमिक सेयर (आईपीाअे) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीको जारी पूँजी एक अर्ब नब्बे करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने सेयर बिक्री खुला गर्दै छ । उक्त प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर बिक्री हुनेछ ।
कम्पनीले १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गर्न लागे नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । सो मध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म कायम गरिएको छ । यो मूल्य भित्र रहेर नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई बोलकबोल प्रणाली मार्फत शेयर बिक्री गरिने छ ।
कम्पनीको प्रति सेयर नेटवर्थ १५० रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ३२.९० रुपैयाँ छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण