सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘बुक बिल्डिङ’मा खुल्यो रिलायन्स स्पिनिङ मिल्सको आईपीओ

बुधबार, १० माघ २०८०, ११ : २१
बुधबार, १० माघ २०८०

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि ‘बुक बिल्डिङ’ प्रक्रियामा प्राथमिक सेयर (आईपीाअ‍े) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीको जारी पूँजी एक अर्ब नब्बे करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने सेयर बिक्री खुला गर्दै छ । उक्त प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर बिक्री हुनेछ ।

कम्पनीले १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गर्न लागे नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । सो मध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म कायम गरिएको छ । यो मूल्य भित्र रहेर नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई बोलकबोल प्रणाली मार्फत शेयर बिक्री गरिने छ ।

कम्पनीको प्रति सेयर नेटवर्थ १५० रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ३२.९० रुपैयाँ छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप