प्रधानमन्त्री कप क्रिकेट : कोशीलाई हराउन सुदूरपश्चिमले १२४ रन बनाउनु पर्ने
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा हालसम्म एक खेल पनि नजितेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय २४ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ३२ ओभरमै अलआउट हुनुअघि एक सय २३ रनमात्र बनाउन सक्यो । कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिनास थापाले सर्वाधिक २६ रन बनाए । विकेटकिपर ब्याट्सम्यान मिनासले ३७ बलमा पाँच चौका पनि प्रहार गरे । दोस्रो नम्बरका ब्याट्सम्यान अंकित सुवेदीले २२ रन जोडे । टोलीका कप्तानसमेत रहेका अंकितले २७ बलमा तीन चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान समिर कार्की भने चार रनमै पेभेलियन फर्किएका थिए । सुजन थपलिया पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सोनु अन्सारी पनि नौ रनमै आउट भए । फिरदोष अन्सारीले १३ र सुभन गहतराजले पाँच रन बनाए ।
अभ्यास तिमिसिना पनि पाँच रनमै पेभेलियन फर्किए । भुपाल लुइँटेल एक रनमा आउट भए । कमल खत्रीले १८ रन बनाए । उनले आठ बलमा तीन छक्का प्रहार गरे । हेमन्त राई तीन रनमा अविजित रहेका थिए ।
कोशी प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै २८ रन खर्चिए । विकास अग्रीले पनि चार विकेट हात पारे । उनले सात ओभरमा एक मेडन राख्दै केवल नौ रन खर्चिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण