प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको चौथो जित, कोशीको लगातार आठौँ हार
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि आठ विकेटको सजिलो जित हासिल गरेको छ ।
जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको कोशी प्रदेशले एक खेल पनि जित्न सकेको छैन । लगातारको हारसँगै कोशी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । पाँचौँ खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो चौथो जित हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ३२ ओभरमै अलआउट हुनुअघि एक सय २३ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने २१.१ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
सुदूरपश्चिम प्रदेशका लागि नरेश भट्टले अर्धशतकीय पाली खेले । उनले अविजित ५४ रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ४९ बलको सामना गरी सात चौका पनि हिर्काए । प्रकाश पाण्डेले पनि टोलीका लागि अविजित ३४ रनको योगदान गरे । प्रकाशले ४२ बलमा एक चौका पनि हिर्काए ।
ओपनर राजु रिजालले २१ रन बनाए । कप्तानसमेत रहेका राजुले २३ बलमा तीन चौका हिर्काए । अर्का ओपनर खड्क बोहराले पनि टोलीको खातामा नौ रन थपे । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि ६ रन पायो । कोशीका बलर फिरदोष अन्सारीले दुई विकेट लिए ।
त्यसअघि कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिनास थापाले सर्वाधिक २६ रन बनाए । विकेटकिपर ब्याट्सम्यान मिनासले ३७ बलमा पाँच चौका पनि प्रहार गरे ।
दोस्रो नम्बरका ब्याट्सम्यान अंकित सुवेदीले २२ रन जोडे । टोलीका कप्तानसमेत रहेका अंकितले २७ बलमा तीन चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान समिर कार्की भने चार रनमै पेभेलियन फर्किएका थिए । सुजन थपलिया पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् ।
सोनु अन्सारी पनि नौ रनमै आउट भए । फिरदोष अन्सारीले १३ र सुभन गहतराजले पाँच रन बनाए । अभ्यास तिमिसिना पनि पाँच रनमै पेभेलियन फर्किए । भुपाल लुइँटेल एक रनमा आउट भए । कमल खत्रीले १८ रन बनाए । उनले आठ बलमा तीन छक्का प्रहार गरे । हेमन्त राई तीन रनमा अविजित रहेका थिए ।
कोशी प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले पाँच विकेट लिए । उनले ६ ओभरमा एक मेडन राख्दै २८ रन खर्चिए । विकास अग्रीले पनि चार विकेट हात पारे । उनले सात ओभरमा एक मेडन राख्दै केवल नौ रन खर्चिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण