३ वर्षमा चिनियाँ शेयर बजारले गुम्यो ६० खर्ब डलर
काठमाडौँ । यो वर्ष चीनको शेयर बजारको सुरुआत राम्रो रहेन । सन् २०२१ को फेब्रुअरीमा केही उचाइ छोएयता नै त्यहाँको शेयर बजारले राम्रो प्रदर्शन गर्न सकेको छैन ।
गएको तीन वर्षमा चीनको शेयर बजारले करिब ६० खर्ब डलर (८०० खर्ब नेरु) गुमाइसकेको छ । यो भनेको बेलायत जत्रो दुई ओटा अर्थातन्त्र बराबर हो ।
यो वर्ष सुरु भएयता चीनको शाङहाई कम्पोजिट र शेन्झेन कम्पोनेन्ट इन्डेक्स क्रमशः ७ प्रतिशत र १० प्रतिशत तल आएका छन् । हङकङमा हाङशेङ पनि १० प्रतिशतले घटेको छ ।
यो कमीले सन् २०१५–१६ मा चीनको शेयर बजारमा देखिएको कमीको झल्को दिइरहेको छ । चीनको अर्थतन्त्र सुस्ताइरहेको बेलामा पछिल्लो समय चीनको पुँजी बजारप्रति विदेशी लगानीकर्ताको मनोबल खस्किएको छ ।
घर जग्गा बजारमा आएको मन्दी, अपस्फीति, कर्जा, घट्दो जन्मदर र खुम्चिँदै गइरहेको काम गर्ने उमेर समूह पछिल्लो समय चीनको अर्थतन्त्रले अनेकौँ समस्या भोगिरहेको छ ।
सरकारका केही नीतिका कारण निजी क्षेत्र त्रस्त बनेको छ भने विदेशी कम्पनीहरु चीन छाडेर अन्यत्र गइरहेका छन् । शेयर बजारमा आएको मन्दीले चीन यो वर्ष सबैभन्दा खराब प्रदर्शन गर्ने बजार बनेको छ । विश्व शेयर बजार उकालो लागिरहेको बेलामा चीन उल्टो बाटोमा गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण