सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

३ वर्षमा चिनियाँ शेयर बजारले गुम्यो ६० खर्ब डलर

बुधबार, १० माघ २०८०, १४ : २७
बुधबार, १० माघ २०८०

काठमाडौँ । यो वर्ष चीनको शेयर बजारको सुरुआत राम्रो रहेन । सन् २०२१ को फेब्रुअरीमा केही उचाइ छोएयता नै त्यहाँको शेयर बजारले राम्रो प्रदर्शन गर्न सकेको छैन । 

गएको तीन वर्षमा चीनको शेयर बजारले करिब ६० खर्ब डलर (८०० खर्ब नेरु) गुमाइसकेको छ । यो भनेको बेलायत जत्रो दुई ओटा अर्थातन्त्र बराबर हो । 

यो वर्ष सुरु भएयता चीनको शाङहाई कम्पोजिट र शेन्झेन कम्पोनेन्ट इन्डेक्स क्रमशः ७ प्रतिशत र १० प्रतिशत तल आएका छन् । हङकङमा हाङशेङ पनि १० प्रतिशतले घटेको छ ।

यो कमीले सन् २०१५–१६ मा चीनको शेयर बजारमा देखिएको कमीको झल्को दिइरहेको छ  । चीनको अर्थतन्त्र सुस्ताइरहेको बेलामा पछिल्लो समय चीनको पुँजी बजारप्रति विदेशी लगानीकर्ताको मनोबल खस्किएको छ । 

घर जग्गा बजारमा आएको मन्दी, अपस्फीति, कर्जा, घट्दो जन्मदर र खुम्चिँदै गइरहेको काम गर्ने उमेर समूह पछिल्लो समय चीनको अर्थतन्त्रले अनेकौँ समस्या भोगिरहेको छ ।

सरकारका केही नीतिका कारण निजी क्षेत्र त्रस्त बनेको छ भने विदेशी कम्पनीहरु चीन छाडेर अन्यत्र गइरहेका छन् । शेयर बजारमा आएको मन्दीले चीन यो वर्ष सबैभन्दा खराब प्रदर्शन गर्ने बजार बनेको छ । विश्व शेयर बजार उकालो लागिरहेको बेलामा चीन उल्टो बाटोमा गइरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप