अस्पताल पुगे ‘फिप्टी शेड्स अफ ग्रे’ का अभिनेता जेमी
लस एञ्जलस । हलिउड फिल्म ‘फिप्टी शेड्ज अफ ग्रे’ बाट विश्वभर ख्याती कमाएका अभिनेता जेमी डोर्नन अस्पताल भर्ना छन् । पोर्चुगल यात्राका क्रममा विषालु किराले छोएपछि अभिनेतालाई अस्पताल भर्ना गर्नुपरेको हो ।
किराले छोएपछि जेमीमा हर्ट अट्याक हुने बेलाका जस्तै लक्षण देखिएको थियो । स्वास्थ्य अवस्था बिग्रन थालेपछि अभिनेतालाई अस्पतालमा लगिएको जेमीका साथी गर्डन स्मार्टले बताएका छन् ।
जेमीको भन्दा अगाडि यहि समस्या देखिएपछि स्मार्ट पनि अस्पतालमा पुगेका थिए । बीबीसीको द गुड, द ब्याड एन्ड दी अनएक्सपेक्टेड पोडकाष्टमा स्मार्टले यसबारे बताएका हुन् । पोर्चुगलमा गल्फिङ रिसोर्टमा जेमी र गर्डन छुट्टी मनाइरहेका थिए ।
आफूलाई अप्ठ्यारो हुँदा गर्डनलेरक्सी लाग्यो होला भन्ने सोचेका थिए । तर एक खालको झुसिल किराका कारण उनमा समस्या देखिएको थियो ।
उक्त झुसिल किरा विषालु थियो । किराले छोएपछि उनको बायाँ हात झम्झाउन थाल्यो । आफूलाई हर्ट अट्याक हुन थालेको शंका उनले गरे । तत्कालै उनलाई अस्पताल लगियो । पछि उनी डिस्चार्ज भए ।
जब उनी अस्पतालबाट रिसोर्टमा आए जेमीमा पनि त्यस्तै समस्या देखियो । झुसिलकिराकै कारण दक्षिण पोर्चुगलमा मान्छे र कुकुरको मृत्यु भइरहेको छ । आफूहरू भाग्यमानी भएकोले बाँचेको गर्डनले बताए ।
४१ वर्षका जेमी ‘फ्प्टिी शेड्ज अफ ग्रे फ्रेन्चाइजी’का कारण चर्चित भएका हुन् । उनी पछिल्लोपटक नेटफ्लिक्सको फिल्म ‘हर्ट अफ स्टोन’ मा देखिएका थिए ।
यो फिल्ममा जेमीसँग बलिउड अभिनेत्री आलिया भट्ट र गल गडोट पनि देखिएका थिए । उनी ड्रामा सिरिज ‘द टुरिष्ट’ मा पनि देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण