राष्ट्रियसभा निर्वाचन
बागमती प्रदेशमा ६ मत खस्न बाँकी
बिहीबार, ११ माघ २०८०, १४ : १०
हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा ६ मत खस्न बाँकी रहेको छ । निर्वाचनमा अहिलेसम्म ११० प्रदेश सांसदहरुमध्ये १०८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ २४७ मध्ये २३३ जनाले मतदान गरेका छन् ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका उपाध्यक्ष उमा लामा, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मतदान गर्न बाँकी छ ।
उपाध्यक्ष लामा मतदानका लागि आउँदैछिन भने अन्य जनप्रतिनिधिहरु मतदानका लागि नआउने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण