घरेलु कामदारको सहयोगमा नेपालीको समूहद्वारा भारतमा लुटपाट
भारत । पाँच जना नेपालीको एक समूहले भारतको केरलास्थित एक घरमा नगद र गहना लुटपाट गरेको छ । भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार हरिहरपुरममा घरको मालिकलाई बेहोस पार्ने खाना खुवाएर मंगलबार राति उनीहरूले लुटपाट गरेका हुन् ।
श्रीदेवी अम्मा नाम गरेकी महिलाको घरबाट उनीहरूले ३० हजार भारतीय रुपैयाँ नगद र हाल परीणाम नखुलेको सुनका गहना चोरी गरेको बताइएको छ । भाग्ने क्रममा दुई जना शङ्कास्पदलाई भने स्थानीयले पक्राउ गरेर प्रहरी कहाँ बुझाएका छन् ।
ऐरुर प्रहरीले पक्राउ पर्नेमा ४२ वर्षीय जनक साह र ४८ वर्षीय राम कुमार रहेको बताएको छ । यद्यपि उनीहरूसँग कुनै दस्ताबेज नभएकाले प्रहरीले उनीहरूको नाम पुष्टि गर्न बाँकी रहेको बताएका छन् ।
प्रहरीका अनुसार श्रीदेवीको घरमा काम गर्ने नेपाली महिलाको सहयोगमा सो लुटपाटको योजना बनाइएको थियो । प्रहरीले काम गर्ने महिलाको नाम पनि पुष्टि गर्न सकेको छैन ।
उनी १५ दिनअघि मात्र श्रीदेवीको घरमा काम गर्न आएकी थिइन् । हाल फरार रहेका व्यक्तिले नै उनलाई काममा पठाएर लुटपाटको योजना बनाएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
लुटपाटको समयमा घरमा श्रीदेवीसहित उनकी बुहारी दीपा र नर्स सिन्धु रहेका थिए । हाल बैंग्लुरुमा कार्यरत श्रीदेवीका छोराले घरमा फोन गरेपछि घटनाबारे खुलासा भएको थियो । कसैले फोन उठाएपछि उनले खतरा महसुस गर्दै छिमेकीलाई खबर गरेका थिए ।
राति करिब ११ बजे ती छिमेकी श्रीदेवीको घर पुग्दा केही व्यक्तिहरू घरबाट भाग्दै गरेको देखेका थिए । लगत्तै उनले अन्य छिमेकीलाई सहयोग मागेर दुई जनालाई पक्राउ गर्न सफल भएका थिए ।
घरमा श्रीदेवीसहित अन्य दुई जना बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई अस्पताल पुर्याइएको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण