शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समुदायमा कांग्रेस अभियान : समुदायमा जाऔँ, जनताका कुरा सुनौँ

बिहीबार, ११ माघ २०८०, १७ : ५७
बिहीबार, ११ माघ २०८०

काठमाडौं । नेपाली कांग्रेसले माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले अभियानलाई ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारा तय गरेको हो ।

जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए । उनका अनुसार केन्द्रबाट खटिने प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ ।

जनताबाट आएका सुझावलाई सम्बन्धित तहमा कार्यान्वयनका लागि पहलकदमी लिने उनको भनाइ छ । समुदायमा कांग्रेस अभियानले महासमिति वैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शन गर्ने उद्देश्य कांग्रेसले राखेको छ ।

अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिने छन् । जिल्लाले वडा तहमा प्रतिनिधि खटाउने गरी कार्यक्रम तय गरिएको छ । जनताका कुरा सुन्ने अभियानमा औपचारिक कार्यक्रम नहुने कांग्रेसले जनाएको छ ।


अभियानकै क्रममा १६ माघमा शहिद दिवसको अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका बनाइएको छ । अभियान अन्तिम दिन माघ २६ गते सुशील कोइरालाको स्मृति दिवससँगै कार्यक्रम समापन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप