समुदायमा कांग्रेस अभियान : समुदायमा जाऔँ, जनताका कुरा सुनौँ
काठमाडौं । नेपाली कांग्रेसले माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले अभियानलाई ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारा तय गरेको हो ।
जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए । उनका अनुसार केन्द्रबाट खटिने प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ ।
जनताबाट आएका सुझावलाई सम्बन्धित तहमा कार्यान्वयनका लागि पहलकदमी लिने उनको भनाइ छ । समुदायमा कांग्रेस अभियानले महासमिति वैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शन गर्ने उद्देश्य कांग्रेसले राखेको छ ।
अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिने छन् । जिल्लाले वडा तहमा प्रतिनिधि खटाउने गरी कार्यक्रम तय गरिएको छ । जनताका कुरा सुन्ने अभियानमा औपचारिक कार्यक्रम नहुने कांग्रेसले जनाएको छ ।
अभियानकै क्रममा १६ माघमा शहिद दिवसको अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका बनाइएको छ । अभियान अन्तिम दिन माघ २६ गते सुशील कोइरालाको स्मृति दिवससँगै कार्यक्रम समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण