तीन खेलको प्रतिबन्धमा परे बायर्न म्युनिखका खेलाडीमाथि आक्रामण गर्ने प्रशिक्षक
काठमाडौँ । जर्मन बुन्डेस लिगा फुटबलका क्रममा विपक्षी टोलीका खेलाडी लेरोय सानेको अनुहारमा आक्रमण गर्ने युनियन बर्लिनका प्रशिक्षक नेनाद बेजेलिकामाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ ।
बुन्डेस लिगाअन्तर्गत बायर्न म्युनिखविरुद्धको खेलमा आफ्नो टोली १–० गोलले पराजित भएपछि आक्रोशित बनेका प्रशिक्षक नेनाद बायर्नका सानेको अनुहारमा मmम्टिएका थिए । उक्त घटना खेलको ७४औँ मिनेटमा भएको थियो ।
मैदानबाट बाहिर गएको बल लिन पुगेका सानेलाई ‘टच लाइन’ नजिकै प्रशिक्षक नेनादले आक्रमण गरेका थिए । यस्तै घटनामा प्रशिक्षक नेनादले यसअघि पनि २५ हजार युरो जरिवाना तिरिसकेका छन् । घटनापछि जर्मन फुटबल संघले उनीमाथि तीन खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
‘यो अमर्यादित र खेल भावना विपरितको कार्य हो । फुटबलमा यस्ता घटना क्षम्य हुँदैन,’ जर्मन फुटबल संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ५२ वर्षीय नेनाद क्रोएसियन नागरिक हुन् । अघिल्लो सिजनको बुन्डेस लिगामा चौथो भएको युनियन बर्लिन यसपटक लिग तालिकाको १५औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण