शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

शुक्रबार, १२ माघ २०८०, ११ : ५७
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका–७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका–८ सेती नदीको किनारमा सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारु बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

पर्वत, मोदी गाउँपालिका–५ बाजुङस्थित ओख्लेको जङ्गलमा कुश्मा नगरपालिका–३ दुर्लुङ सल्यान बस्ने ३९ वर्षीय विष्णु कामी बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

स्याङ्जा, हरिनास गाउँपालिका–४ वाङगेश्वरास्थित जङ्गलमा सोही गाउँपालिका–७ चाङसिङ बस्ने ८१ वर्षीय झक बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप