राजनीति
एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर
शुक्रबार, १२ माघ २०८०, १७ : २२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसेको सो पार्टीको सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोमप्रसाद पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ ।
त्यसैगरी गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सह इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई प्रदेश अध्यक्षमा मनोनयन गरेको छ । सचिवालय बैठकले लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गर्दै, सचिवको जिम्मेवारी अशोक कोइरालालाई दिएको छ । बैठकले माघ १४÷१५ बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण