घुस लिएको आरोपमा चीनमा बैंकका पूर्व उच्च अधिकारीलाई २० वर्ष जेल सजाय
चीन । मुलुकको वित्तीय क्षेत्रमा व्यापक भ्रष्टाचारविरुद्धको कारवाहीअन्तर्गत चीनको सबैभन्दा ठूलो सरकारी बैङ्कमध्येको एकका पूर्वकार्यकारीलाई शुक्रबार घुस लिएको आरोपमा २० वर्षको कारागार सजाय सुनाइएको सरकारी मिडियाले बताएको छ ।
सरकारी प्रसारक सिसिटिभीको रिपोर्टअनुसार चाइना डेभलपमेन्ट बैंकका उपाध्यक्ष भइसकेका हे जिङजियाङलाई बेइजिङको एक अदालतले ‘घुस लिएको, अवैधरूपमा वित्तीय उपकरण जारी गरेको, अवैधरूपमा ऋण दिएको र विदेशी निक्षेप लुकाएको’ अभियोगमा सजाय सुनाएको छ ।
सिसिटिभीले ६० वर्षीय हेमाथि ५१ लाख युआन (करिब सात लाख २० हजार अमेरिकी डलर) जरिवानासमेत गरिएको बताएको छ ।
चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएपछि गहिरोसँग व्याप्त आधिकारिक भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन्। समर्थकहरूले राष्ट्रपति सिको नीतिले स्वच्छ शासनलाई बढावा दिने बताएका छन् । यद्यपि आलोचहरूले यो राष्ट्रपति सिको राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त पार्ने हतियार भएको पनि बताएका छन् ।
हालै भ्रष्टाचारविरुद्धको अभियानले मुलुकका केही शीर्ष फाइनान्सरहरूलाई निशाना बनाएको छ । डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका अर्का पूर्वउपाध्यक्ष झोउ छिङ्युलाई घुस लिएको आशङ्कामा पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण