आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कङ्गोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु

शनिबार, १३ माघ २०८०, ०८ : २४
शनिबार, १३ माघ २०८०

काठमाडौँ । उत्तरी कङ्गोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ ।

सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले विद्रोही लडाकुहरूले म्वेसो सहरमा मोर्टार बम प्रहार गरेको बताएका छन् । हमलामा २७ सर्वसाधारण पनि घाइते भएका छन् । 

आक्रमणपछि सर्वसाधारणले म्वेसोको सरकारी अस्पतालमा शरण लिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप