५५ वर्षको उमेरमा चम्कियो बबी देओलको करियर
मुम्बई । बलिउड अभिनेता बबी देओलको आज ५५ औं जन्मदिन हो । गत वर्ष बबीले आफ्नो करियरकै सबैभन्दा ठूलो सफलता हात पारेका थिए । फिल्म ‘एनिमल’ मार्फत उनले आफ्नो २८ वर्षको करियरमा पहिलो ब्लकबस्टर फिल्म पाए ।
यस फिल्ममा बबीले सानो नकारात्मक भूमिका खेलेका थिए तर त्यसका बाबजुद पनि उनले त्यति लोकप्रियता पाए जुन अहिलेसम्म पाएका थिएनन् । फिल्म उद्योगले अहिले बबीलाई पूर्ण हृदयले अँगालेको छ। बबीसँग बलिउड, साउथ फिल्म इन्डस्ट्री र ओटीटीका धेरै ठूला प्रोजेक्टहरू छन्। उनीसँग अहिले एनिमल २, कंगुवा, आश्रम सिजन ४, स्टारडम लगायत प्रोजेक्ट हातमा छ ।
बबीले आफ्नो २८ वर्ष लामो करियरमा करिब ४५ फिल्म गरिसकेका छन् तर यति लामो करियरमा ‘एनिमल’ एक मात्र फिल्म हो जुन उनको पहिलो ब्लकबस्टर साबित भयो । यसले बक्स अफिसमा करिब ९५० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । बबीले एनिमलमा १५ मिनेटको भूमिका मात्रै गरे तर त्यसका लागि उनले ४–५ करोड पारिश्रमिक लिएका थिए ।
यसअघि उनका ६ फिल्म मात्रै हिट भएका थिए । यी हुन्- बरसात, गुप्त, सैनिक, बादल, यमला पगला दिवाना र हाउसफुल ४ । २८ वर्षमा उनका २८ वटा फिल्म सुपर फ्लप साबित भए । उनको पहिलो फ्लप फिल्म ‘और प्यार हो गया’ थियो जसले बक्स अफिसमा ७.२५ करोड मात्रै कमाएको थियो। सोही वर्ष उनका भाइ सन्नी देओलको फिल्म ‘बोर्डर’ रिलिज भएको थियो जसले ३९.६ करोड भारु कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण