सामाजिक सुरक्षा कोषमा संघीय र प्रदेश सरकारले लगानी गर्नुपर्छ : सचेतक बर्तौला
काठमाडौँ । नेकपा एमालेका सचेतक एवम् मकवानपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा संघीय र प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको आयोजनमा भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक बर्तौलाले स्थानीय तहहरुले कार्यान्वयनको तत्परता देखाएको सामाजिक सुरक्षा योजनामा संघ र प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए ।
उनले सामाजिक सुरक्षा योजनाको स्थायित्व र निरन्तरताको लागि तीनै तहका सरकारको लगानी र श्रमिकहरुको सहलगानी जरुरी रहेको बताए । २०७८ मा श्रमिकहरुको अधिकार सुनिश्चितताका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्बन्धी ऐन जारी गरी नियमावली निर्माण गर्दै २०७९ मा कार्यविधि तयार गरी मापदण्डसहित कार्यान्वयनको चरणमा रहेको उनले बताए ।
‘सामाजिक सुरक्षा योजना कार्यान्वयनमा स्थानीय तहले तत्पर्ता देखाएका छन् । श्रमिकहरुको सहलगानीमा सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि स्थानीय तहहरुले लगानी गरिरहेका छन् । यसमा प्रदेश र संघीय सरकारले पनि लगानी गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय तहले लगानी गर्ने जस संघ र प्रदेश सरकारले लिने । यो हुन सक्दैन । सामाजिक सुरक्षा योजनाको प्रभावकारी र निरन्तरताका लागि तीनै तहको लगानी जरुरी छ । स्थानीय तहले श्रमिकको पहिचान र तथ्यांक तयार गरी परिचय पत्र वितरण गर्नुपर्छ । प्रदेश र संघ सरकारले त्यसमा लगानी गर्नुपर्छ । तब मात्र यो कार्यक्रम प्रभावकारी हुन्छ ।’
उनका अनुसार संगठित र औपचारिक क्षेत्रमा २७ लाख श्रमिकहरुमध्ये हालसम्म ४ लाख ७८ हजार श्रमिकहरु आवद्ध भएका छन् । सामाजिक सुरक्षा कोषमा हालसम्म देशभरका ११३ रोजगार दाता संस्थाहरु दर्ता भएको उनले बताए । योजना कार्यान्वयनको चरणमा औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकहरुलाई समेट्न सक्ने उनले बताए । नागरिकहरुलाई सामाजिक सुरक्षा कोषका विषयमा जानकारी गराएर प्रत्याभूति दिलाउन जरुरी रहेको उनको भनाई छ ।
नेपालमा केही हुन्न भन्ने भाष्य स्थापित गर्न खोजिएको बखत सरकारले सामाजिक सुरक्षा कोष र प्रभावकारि कार्यक्रमहरु कार्यान्वयनमा गम्भीर ढंगबाट अघि बढ्नुपर्ने सचेतक बर्तौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण