मङ्गोलियामा ग्यास ट्याङ्कर विस्फोट हुँदा चार जनाको मृत्यु
शनिबार, १३ माघ २०८०, १८ : ३१
उलानबाटोर । मङ्गोलियाको राजधानीमा भएको ग्यास ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको राष्ट्रिय ट्रमा तथा अर्थोपेडिक रिसर्च सेन्टरले शनिबार जनाएको छ ।
दुर्भाग्यपूर्ण विस्फोटका कारण शरीरको ८०–९० प्रतिशत भन्दा बढी जलेका एक नागरिकको शुक्रबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ ।
करिब ६० टन ग्यास बोकेको एउटा ट्याङ्कर बुधबार राजधानीको दक्षिणपूर्वी जिल्लाको एक चोकमा विस्फोट भएको प्रहरीले जनाएको छ ।
केन्द्रका अनुसार विस्फोटका क्रममा अन्य दश जनाभन्दा बढी घाइते भएका छन् ।
विस्फोटका कारण ३० भन्दा बढी सवारी साधनहरू जलेको तथा नजिकैका भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायले जनाएको छ । प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण