शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

इङ्गल्यान्डलाई हराउन भारतले २३१ रन बनाउनु पर्ने

आइतबार, १४ माघ २०८०, १२ : २३
आइतबार, १४ माघ २०८०

काठमाडौँ । पहिलो टेस्ट क्रिकेटको चौथो दिन आइतबार इङ्गल्यान्डले घरेलु टोली भारतलाई जितका लागि दुई सय ३१ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ रोजेको भ्रमणकारी टोली इङ्गल्यान्डले पहिलो पालीमा दुई सय ४६ रन बनाएको थियो ।

पहिलो पालीमा इङ्गल्यान्डका लागि कप्तान बेन स्टोक्सले ७० रन बनाएका थिए । उनले ८८ बलमा तीन छक्का र ६ चौका हिर्काएका थिए । पहिलो पालीमा भारतीय बलर रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले तीन–तीन विकेट लिए । जसप्रित बुमराह र अक्सर पटेलले पनि दुई–दुई विकेट हात पारे ।

हैदराबादमा जारी उक्त टेस्टमा भारतीय टोलीले भने पहिलो पालीमा चार सय ३६ रन बनाएको थियो । भारतका लागि पहिलो पालीमा तीन ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । ओपनर यशस्वी जैसवालले ८० रन जोडे । उनले ७४ बलमा तीन छक्का र १० चौका हिर्काए ।

केएल राहुलले पनि ८६ रन बनाए । उनले एक सय २३ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । रवीन्द्र जडेजाले पनि ८७ रन जोडे । उनले एक सय ८० बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए ।

इङ्गल्यान्डका बलर जो रुटले चार विकेट लिए । रेहन अहमद र टम हर्टलीले पनि दुई–दुई विकेट हात पारे । ज्याक लिचले एक विकेट लिए । इङ्गल्यान्डको टोलीले पनि दोस्रो पालीमा निखारिएको प्रदर्शन ग¥यो । इङ्गल्यान्डले दोस्रो पालीमा चार सय २० रन बनाएपछि भारतले जितका लागि दुई सय ३१ रनको लक्ष्य पाएको हो ।

दोस्रो पालीमा इङ्गल्यान्डका लागि ओली पपले उत्कृष्ट ब्याटिङ गरे । उनले एक सय ९६ रन बनाए । केवल चार रनका कारण दोहोरो शतक बनाउनबाट चुकेका पपले दुई सय ७८ बलमा २१ चौका हिर्काएका थिए ।

भारतीय बलर जसप्रित बुमराहले चार विकेट लिए । रविचन्द्रन आश्विनले पनि तीन विकेट हात पारे । रवीन्द्र जडेजाले दुई र अक्सर पटेलले एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप