रामायणमा शनि देओलको एन्ट्री
नयाँ दिल्ली । बलिउड अभिनेता बबी देओल रामाणमा देखिने लगभग पक्का भएको छ । नितेश तिवारीको निर्देशनमा बन्न लागेको रामायणमा शनि देओल हनुमानको रूपमा एन्ट्री गर्न लागेका हुन् । यस अघि नै शनि हनुमानको रूपमा देखिने खबरहरू आएका थिए । तर अभिनेता र फिल्म निर्माता दुवै पक्षबाट यसको पुष्टि भएको थिएन ।
अब भने फिल्मको पहिलो पार्टमा शनिले गेस्ट अपियरेन्स दिने पक्कापक्की भएको छ । फिल्म सम्बद्ध स्रोतले बताएअनुसार फिल्ममा अनुबन्धनका लागि शनिले लगभग तयार छन् । फिल्मको पहिलो पार्टको शुटिङ यही मेदेखि शुरु हुने चर्चा छ । सेकेन्ड र थर्ड पार्टमा भने शनिको फूल अपियरेन्स हुने बताइएको छ ।
हालै मात्रै मेकरहरुले विभीषणको भूमिकाका लागि दक्षिण भारतीय सुपरस्टार विजय सेतुपतिको चर्चा चलिरहेको छ । कैकयीको भूमिकाका लागि पनि लारा दत्तलाई छानिएको बताइएको छ । यसको पुष्टि भएको छैन । शनि देओलको भाई बबी देओल फिल्ममा कुम्भकरण बन्ने अफवाह चलेको थियो । तर बबीको टिमले यो खबर झुटो भएको बताएका थिए । हनुमानको पहिलो पार्ट २०२५ को उत्तरार्द्धमा रिलिज हुने योजना मेकरहरुको छ ।
गदर–२ को सफलता पछि यति बेला शनि देओल लाहौर १९४७ को शूटिङमा व्यस्त छन् । फिल्ममा सनीसँग प्रीति जिंटाको जोडी बन्ने बताइएको छ । यो फिल्ममा प्रीतिको कास्टिङ पक्का भयो भने यो ६ वर्षपछिको उनको बलिउड कमब्याक हुनेछ । यस अघि प्रीति सन् २०१८ मा शनि देओलसँगै ‘भैयाजी सुपरहिट’मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण