मकवानपुरमा ‘समुदायमा कांग्रेस’ अभियान सुरु
हटौंडा । मकवानपुरमा ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । सो अवसरमा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले समुदायमा कांग्रेस अभियाले जनताको गुनासोलाई संकलन गर्ने र समाधानका लागि बहसको सुरुवात गर्ने बताएका छन् ।
आइतबार मकवानपुरमा नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दै सभापति लामाले समुदायमा कांग्रेस अभियाले पार्टीलाई जनतामैत्री बनाउन भूमिका खेल्ने बताए ।
अभियानको अवधिमा समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सुरु गरिएको सभापति लामाले बताए ।
आइतबार कांग्रेस मकवानपुरको विस्तारित बैठकमा समेत सभापति लामाले पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्ति तथा समग्र कार्यकर्ताहरुलाई अभियानमा सक्रिय सहभागी हुन आग्रह गरेका छन् । पार्टीका केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी एवम् सदस्य, विभिन्न भ्रातृ संगठन तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरी यो कार्यक्रम देशैभरि भइरहेको उनको भनाई छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा राजन केसी मकवानपुर आएका र मकवानपुरको १०२ वटै वडामा पुग्नका लागि प्रतिनिधि तोकिएको उनले बताए ।
केन्द्रीय समितिको निर्देशन बमोजिम मकवानपुरमा पनि अभियान सुरु गरिएको हो । तर, औपचारिक शुभारम्भ भने यही १६ गते सहिद दिवसको दिनबाट हुनेछ भने अभियान माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।
अभियानका क्रममा खटाइएका प्रतिनिधि जिल्ला तथा वडा स्तरमा हुने कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य रुपमा सहभागी हुनेछन् । अभियानका क्रममा वडावासीसँग खुला छलफल गरी तीनवटै तहका सरकारसँगका जनताको अपेक्षा, गुनासा र सुझाव सुन्ने पार्टीका बारेमा जनताका सुझाव लिइनेछ । अभियान कांग्रेका स्वर्गीय नेता सुशील कोइरालाको स्मृति दिवसको दिन माघ २६ गते समापन गरिने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण