आईसीसीले श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा

कोलम्बो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले श्रीलंका क्रिकेट बोर्डमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरेको घोषणा गरेको छ । आईसीसीले एक विज्ञप्ति जारी गर्दै निलम्बनपछि श्रीलंका क्रिकेटको अवस्थालाई नियालिरहेको र अहिले बोर्डको पछिल्लो अवस्थाबाट सन्तुष्ट रहेको जनाएको हो ।
आईसीसीका अनुसार श्रीलंका क्रिकेट बोर्डले अब आफ्नो सदस्यता दायित्व उल्लङ्घन गरेको छैन। यसअघि नोभेम्बरमा भएको एकदिवसीय विश्वकपमा श्रीलंकाको प्रदर्शन खराब रह्यो । यही कारण सरकारले क्रिकेट बोर्ड विघटन गर्ने घोषणा गरेको थियो ।
क्रिकेट प्रशासनमा सरकारको यो हस्तक्षेपबाट आक्रोशित आईसीसीले नोभेम्बर १० मा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको थियो । आईसीसी बोर्डको गत नोभेम्बर २१ मा बसेको बैठकले श्रीलंकाको टोलीले द्विपक्षीय र आईसीसी प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने निर्णय गरेको थियो । तर श्रीलंकामा प्रस्तावित यू–१९ पुरुष क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा सार्ने निर्णय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण