प्रधानमन्त्री कप क्रिकेट : आर्मीले सुदूरपश्चिमलाई दियो २६३ रनको लक्ष्य
काठमाडौँ । कुशल मल्लको अर्धशतक र तल्लोक्रमका ब्याट्सम्यानहरुको उत्कृष्ट प्रदर्शनपछि प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि दुई सय ६३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले ४८.३ ओभरमा अलआउट हुनुअघि दुई सय ६२ रनमात्र बनाउन सक्यो । आर्मी क्लबका माथिल्लो क्रमका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेनन् ।
तल्लो क्रमका ब्याट्सम्यान कुशलले उत्कृष्ट अर्धशतकीय पाली खेल्दै टोलीको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए । उनले टोलीका लागि ७५ रनको योगदान गरे । आठौँ नम्बरमा क्रिज समाल्न आएका कुशलले केवल ६७ बलमा तीन छक्का र १० चौका पनि प्रहार गरे ।
आर्मी क्लबले केवल ८८ रनको कुल स्कोरमा छैटौँ विकेट गुमाएको थियो । त्यसपछि कुशल र बसिर अहमदले टोलीको स्कोरलाई दुई सय एक रनको सुदृढ अवस्थासम्म डोर्याएका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका बसिरले टोलीका लागि ३६ रनको योगदान गरे । उनले ६३ बलको सामना गरी तीन चौका पनि हिर्काए ।
आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि ३० रन बनाए । उनले २८ बलको सामना गरी पाँच चौका पनि हिर्काए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीप रजालीले पनि टोलीको खातामा ३७ रन थपे । उनले ३१ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।
ओपनर इमरान शेख नौ रन बनाउँदै पेभेलियन फर्किएका थिए । अनुभवी खेलाडी भीम सार्की पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान विनोद भण्डारी पनि दुई रनमै आउट भए । विवेक यादवले चार रन बटुले ।
सोमपाल कामीले ३१ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । साहब आलमले पनि २१ रन जोडे । दशौँ नम्बरमा क्रिज समाल्न आएका उनले २५ बलमा दुई छक्का पनि हिर्काए । जितेन्द्र मुखिया पाँच रनमा अविजित रहे ।
आर्मी क्लबले अतिरिक्त रुपमा १० रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९.३ ओभरमा एक मेडन राख्दै ६३ रन खर्चिए । नरेन साउदले पनि तीन विकेट लिए । उनले नौ ओभरमा ३६ रन खर्चिए । विकास अग्रीले पनि एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण