आजदेखि त्रिविमा अनलाइन सुरु, १ हप्ताभित्रमै शैक्षिक प्रमाणपत्र पाइने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा प्रवाह सुरु गरेको छ । उपकुलपति सिवलाल भुसालले एक कार्यक्रमकाबिच उक्त कार्यकाे सुरुवात गरेका हुन् ।
त्रिवि पनिकाद्वारा प्रदान गरिने सेवाहरु ट्रान्सकृप्ट, प्रोभिजनल, प्रमाण-पत्र, मूल प्रमाण-पत्र, पुनर्योग र करेक्सनकाे कार्य अनलाइन मार्फत गरिनेछ ।
त्यसका लागि tuexam.edu.np मा login गरी आवश्यक विवरण तथा प्रमाणहरु संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोबल आइ एम ई बैंक मध्ये एउटा बैंक छनौट गरी तोकिएको शुल्क तिर्नुपर्नेछ।
अनलाइन फारम २४ सै घण्टा उपलब्ध हुनेछ । तर, काम भने कार्यालय समयभित्र सम्बन्धित कर्मचारीले रुजु गरी प्रथम चरणमा चेक गर्नेछन्। ठिक भए ठिक छ नभएको खण्डमा निर्देशनसहित आवेदकलाई जानकारी पठाइनेछ।
आवेदकले निर्देशन बमोजिमका विवरण पेस गरेको खण्डमा पुनः प्रक्रियामा संलग्न हुनेछ । त्यसैगरी सच्याउनुपर्ने अवस्था भए सो को जानकारी सम्बन्धित आवेदकलाई पठाइने व्यवस्था मिलाएको छ ।
प्रमाण-पत्र संकलनको लागि सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । हाललाई आवेदन फारम भरेको मितिले सबै प्रक्रिया मिलेको खण्डमा एक हप्ता भित्र उपलब्ध गराइने छ ।
काठमाडाैँ उपत्यका तथा पनिका वल्खु अर्न्तगतका सेवाग्राहीहरुले वल्खुबाटै संकलन गर्नुपर्ने छ । केही समयको लागि अनलाइन र अफलाइन दुवै माध्यमबाट सेवा प्रवाह गरिने छ र पूर्ण अनलाइन सेवा सञ्चालनको सूचना पुनः प्रकाशित गरिने छ ।
दोस्रो चरणदेखि सम्बन्धित क्याम्पसबाटै प्रमाणपत्र संकलन गर्ने व्यवस्था गरिँदै जाने पनिकाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण