एकीकृत समाजवादीको विधान : सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद नराख्ने भएको छ । सोमबार सम्पन्न पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै परिषद् बैठकले सबै पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको छ । दोस्रो केन्द्रीय परिषद् बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष डा.बेदुराम भुसालले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटी १९९ जना हुनेछ । केन्द्रीय परिषद्को बैठकमा उपाध्यक्ष भुसालले केन्द्रीय कमिटीको पदाधिकारीको संख्या १९ हुने पनि बताए।
त्यस्तै प्रदेश कमिटीको सङ्ख्या ७५ देखि ९९ सम्म हुने र प्रदेश कमिटीको पदाधिकारीको सङ्ख्या ७ हुने विधानमा व्यवस्था गरेको छ । प्रदेश पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र तीन उपसचिव हुने व्यवस्था गरेको सो पार्टीले जिल्ला कमिटी ५५ सदस्यीय बनाउने भएको छ । तर एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ३ महिला थपिने छन् ।
त्यस्तै जिल्ला कमिटीका पदाधिकारीको सङ्ख्या पनि सात नै रहने भएको छ । जुन हाल पनि कायम छ ।
त्यस्तै पालिका कमिटीको सङ्ख्या ४५ बनाउने परिषद् बैठकले पारित गरेको छ । तर ५ भन्दा बढी वडा भएका पालिकामा प्रत्येक वडाबाट २ जना थप्ने निर्णय पारित भएको छ । परिषद्ले गरेका निर्णयलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण