शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय परिषद बैठक

एकीकृत समाजवादीको विधान : सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने

सोमबार, १५ माघ २०८०, १६ : ५१
सोमबार, १५ माघ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद नराख्ने भएको छ । सोमबार सम्पन्न पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै परिषद् बैठकले सबै पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको छ । दोस्रो केन्द्रीय परिषद् बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष डा.बेदुराम भुसालले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने जानकारी दिए ।  उनका अनुसार केन्द्रीय कमिटी १९९ जना हुनेछ । केन्द्रीय परिषद्को बैठकमा उपाध्यक्ष भुसालले केन्द्रीय कमिटीको पदाधिकारीको संख्या १९ हुने पनि बताए।

त्यस्तै प्रदेश कमिटीको सङ्ख्या ७५ देखि ९९ सम्म हुने र प्रदेश कमिटीको पदाधिकारीको सङ्ख्या ७ हुने विधानमा व्यवस्था गरेको छ । प्रदेश पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र तीन उपसचिव हुने व्यवस्था गरेको सो पार्टीले जिल्ला कमिटी ५५ सदस्यीय बनाउने भएको छ । तर एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ३ महिला थपिने छन् ।

त्यस्तै जिल्ला कमिटीका पदाधिकारीको सङ्ख्या पनि सात नै रहने भएको छ । जुन हाल पनि कायम छ । 

त्यस्तै पालिका कमिटीको सङ्ख्या ४५ बनाउने परिषद् बैठकले पारित गरेको छ । तर ५ भन्दा बढी वडा भएका पालिकामा प्रत्येक वडाबाट २ जना थप्ने निर्णय पारित भएको छ ।  परिषद्ले गरेका निर्णयलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो ।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप